Featured News

दाबेदार थ्रीस्टार तेस्रो
दाबेदार थ्रीस्टार तेस्रो

सहिद स्मारक ‘ए’ डिभिजन लिग

हिमालयन शेर्पालाई २–० गोल अन्तरले हराएपछि थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो भएको छ।



आइतबार भएको अर्को खेलमा त्रिभुवन आर्मीसँग ३–० गोलअन्तरले पराजित भएपछि मछिन्द्र क्लब लिगको अन्तिम दुई स्थानबाटमाथि उक्लन असफल भएको छ। लिगको अर्को संस्करणमा मछिन्द्रले कम्तीमा १अंक गुमाउनेछ।



सिजनमा आफ्नो अन्तिम खेलमा हिमालयन शेर्पालाई हराउनु थ्रीस्टारका लागि अत्यावश्यक थियो। किनभने चौथो स्थानको आर्मीले मछिन्द्रविरुद्ध जित हासिल गरेको अवस्थामा स्थान हेरफेर हुन सक्थ्यो। दुवै टोलीले जित हासिल गरेपछि थ्रीस्टार २६ अंकसहित तेस्रो र आर्मी २५ अंकसहित चौथो स्थानमा रहे।



एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा थ्रीस्टारको जितका लागि बुद्ध चेम्जोङ र रञ्जन विष्टले दुवै हाफमा एक–एक गोल गरे। हल्चोक मैदानमा पहिलो हाफमा टंक बस्नेतको हेड गोल र दोस्रो हाफमा कप्तान भरत खवासको दुई गोलमा आर्मीले सहज जित निकाल्यो।



२० अंकसहित एपीएफले लिगमा पाँचौं स्थान सुरक्षित गरेको छ भने नेपाल पुलिस १९ अंकसहित छैटौं भएको छ। आइतबार थ्रीस्टारसँग हारेपछि शेर्पाले छैटौं स्थानमा उक्लने अवसर गुमाएको छ। उसको १७ अंक छ। च्यासल युथ क्लब १६, सरस्वती युथ क्लब १४, जावलाखेल युथ क्लब १३ र ब्रिगेड क्वाइज क्लब ९ अंकसहित क्रमश: आठौंदेखि एघारौं स्थानसम्म छन्। अन्तिम तीन स्थानमा आउने टोलीको टुंगो भने बाँकी तीन खेलले लगाउनेछ।



आइतबारको खेलमा थ्रीस्टारले डिफेन्सिभ रणनीति बनाएको थियो र दुवै गोलकाउन्टर एट्याकमा भएको थियो। मात्र दुई अवसर सृजना गर्दा दुवैमा गोल गर्न सफल भएको थियोरु। ‘हामीले सुरक्षित खेलखेल्ने रणनीति बनायौं, किनभने तेस्रोस्थान गुमाउनु थिएन’, थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले भने, ‘अग्रता लिनुकाबावजुद हामीले पछिल्ला केही खेलगुमाउन पुग्यौं। जितका साथ हामी लिग सकाउन चाहन्थ्यौं।’



शेर्पाले भने खेलमा आक्रामक रणनीति अपनाएको थियो। गोल गर्न भने सकेन। उसका प्रहारमा गोलरक्षक एलनन्यौपाने बाधक बने। रक्षापंक्ति पनि थ्रीस्टारको अन्य खेलभन्दा सुधारिएको थियोरु। शेर्पाका प्रशिक्षक सुवास लिम्बूले अवसर पाएर पनि सदुपयोग हुन नसकेकामा खिन्नता प्रस्तुत गरे।



‘हामीले राम्रो खेल्यौंरु। तर, गोलका अवसर उपयोग गर्न असफल रह्यौं’, पहिलो पटक ‘ए’ डिभिजन क्लबको जिम्मेवारी सम्हालेका लिम्बूले भने, ‘हामीसँग शीर्ष ६ स्थानभित्र रहने अवसर थियोरु। यद्यपि सातौं स्थान पनि निराशाजनक होइन।’



हल्चोक मैदानमा २८ औं मिनेटमा टंक बस्नेतको गोलमार्फत आर्मीले अग्रता लियोरु। ६२ औं मिनेटमा राष्ट्रिय टोलीका स्ट्राइकर भरत खवासले अग्रता दोब्बर बनाए। ७३ औं मिनेटमा पेनाल्टीमार्फत खवासले लिगमा सर्वाधिक सातौं गोल गरे। उनीसँगै थ्रीस्टारका रञ्जित धिमाल र मनाङ मस्र्याङदीका ओलावाले अफिजले पनि ७ गोल गरेका छन्।



खेल मिलेमतोबारे मेघराज

थ्रीस्टार क्लबका प्रशिक्षक मेघराज केसीले सहिद स्मारक ‘ए’ डिभिजन लिगका खेलमा खेल मिलेमतोबारे शंका व्यक्त गरेका छन्। खेल मिलेमतो प्रकरणबारे आँखा बन्द गरेकामा लिग आयोजक कमिटीको आलोचनासमेत गरेका छन्।



सीधै खेल मिलेमतोको दाबी गर्नुको सट्टा केसीले भने, ‘नेपाली लिगको लामो इतिहासमा अहिलेसम्म कहिल्यै खेल मिलेमतो भएकै छैन। र, यसपटक पनि भएन। किनभने कसैलाई पनि सजाय भएन। न खेलाडी वा कुनै क्लब,’ केसीले भने। खेल मिलेमतोमा कुन–कुन टिम संलग्न थिए भन्नेबारे भने केसीले केही खुलाएनन्।



‘यहाँसम्म कि इटालीमा युभेन्ट्सजस्तो क्लबलाई खेल मिलेमतो प्रकरणमा कारबाही गरिएको छ। तर, नेपाली लिग यसबारे स्पष्ट छ कि यहाँ मिलेमतो हुँदैन,’ केसीले भनेरु। थ्रीस्टार र च्याम्पियन मनाङ मिलेमतोमा संलग्न थियो तरु? भन्ने प्रश्नमा केसीले भने, ‘मनाङ एक बलियो टोली हो र यो सिजन वास्तवमै राम्रो खेल्यो। मनाङसँग सबै पोजिसनमा उत्कृष्ट खेलाडी छन्।’



यद्यपि केसीले लिग आयोजनाका लागि अखिल नेपाल फुटबल संघ एन्फाको प्रशंसा गरे। ‘कुनै पनि प्रावधान नराखेरै भए पनि लिग फेरि सुरु भएको र नेपाली फुटबलले जितेको छ। लिगलाई जारी राख्नुपर्छ।’



स्रोत : कान्तिपुर



Other News

‘कुनै आश्चर्य छैन’
  January 21st, 2019
‘कुनै आश्चर्य छैन’
वुमन्स ट्वान्टी–२० स्म्यास क्रिकेट read more
आर्मीको रोमाञ्चक जित
  January 21st, 2019
थ्री–स्टार उपाधिनजिक
  January 17th, 2019
झापा ११ विजयी
  January 16th, 2019
झापा ११ विजयी
विशाल गोल्डकप read more
समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
  January 16th, 2019
समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
वुमन्स ट्वान्टी–२० स्म्यास क्रिकेट read more