Featured News

अर्थहीन खेलमा एपीएफको जित
अर्थहीन खेलमा एपीएफको जित

सहिद स्मारक 'ए' डिभिजन लिग

पाँचौं स्थानको एपीएफ क्लबले सोमबार सहिद स्मारक ए डिभिजन लिगको आफ्नो अन्तिम खेलमा दोस्रो स्थानको संकटालाई २–१ गोलअन्तरले पराजित गरेको छ । 



एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा विभागीय टोलीका लागि युवराज खड्का र राजन गुरुङले दुवै हाफमा १–१ गोल गरेपछि संकटाले तेस्रो हार बेहोर्दै लिग बिट मार्‍यो । लिगमा एक खेलअगावै दोस्रो स्थान सुरक्षित गरेको संकटाबाट लक्ष्मण रुचालले खेलको अन्त्यतिर गोल फर्काए ।



लिगमा सातौं जित निकालेको एपीएफको यो नतिजाले अंकतालिकामा कुनै फेरबदल भएको छैन । एपीएफको २३ अंक भएको छ भने आफ्ना पूर्व कप्तान सल्यान खड्गीद्वारा प्रशिक्षित संकटाले दोस्रो स्थानमा रहन २९ अंक बटुलेको छ । लिगको दुई खेलअगावै उपाधि सुरक्षित गरेको मनाङ मस्र्याङदी शतप्रतिशत जितको बाटोमा छ । ३६ अंक बटुलेको मनाङले मंगलबार फ्रेन्ड्सविरुद्ध हुने खेलमा जित हासिल गरे शतप्रतिशत जितको कीर्तिमान बनाउने छ ।



‘दोस्रो स्थान सुरक्षित गरिसकेको भएर संकटा आज बढी आत्मविश्वासी थियो । उनीहरूले जितका लागि पूर्ण प्रयास नै गरेनन्,’ एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले भने, ‘हामीले त्यसको फाइदा उठाउन सक्यौं । हामी जितको योजनासहित मैदानमा उत्रिएका थियौं ।



प्रशिक्षक तामाङले लिगमा आफ्नो टोलीको प्रदर्शनप्रति सन्तोष व्यक्त गरे । ‘कुनै समय हामी लिगमा ११ औं स्थानमा थियौं जबकि हाम्रो लक्ष्य शीर्ष ३ भित्र पर्ने थियो । त्यसपछि ८ खेलमा हामीले १९ अंक बटुल्यौं जसमा पछिल्लो ५ खेलमा अविजित छौं ।’



पहिलोपल्ट ए डिभिजन टिम सम्हालेका संकटाका प्रशिक्षक सल्यान खड्गीको भनाइ पनि यस्तैरह्यो । ‘हामीले यसअघि नै दोस्रो स्थान हासिल गरिसकेका थियौं । केटाहरूले यो खेललाई हल्का रूपमा लिए र हार्न पुग्यौं ।’ संकटालाई नाटकीय सफलता दिलाएका प्रशिक्षक खड्गीले भने, ‘लिगमा यो सफलता वास्तवमै रोमान्चक छ । यो हाम्रो लक्ष्यभन्दा धेरै ठूलो उपलब्धि हो । यसको श्रेय कडा मिहिनेत गर्ने सबै खेलाडी र क्लब व्यवस्थापनलाई जान्छ, जसले मलाई विश्वास गरे ।’



लिगको पुरस्कार कसको भाग कति ? (रुपैयाँमा)

मनाङ मस्र्याङदी५० लाख

संकटा३५ लाख

थ्रीस्टार२५ लाख

त्रिभुवन आर्मी१५ लाख

एपीएफ७ लाख

नेपाल पुलिस५ लाख

उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई एक–एक थान मोटरसाइकल



स्रोत : कान्तिपुर



Other News

‘कुनै आश्चर्य छैन’
  January 21st, 2019
‘कुनै आश्चर्य छैन’
वुमन्स ट्वान्टी–२० स्म्यास क्रिकेट read more
आर्मीको रोमाञ्चक जित
  January 21st, 2019
थ्री–स्टार उपाधिनजिक
  January 17th, 2019
झापा ११ विजयी
  January 16th, 2019
झापा ११ विजयी
विशाल गोल्डकप read more
समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
  January 16th, 2019
समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
वुमन्स ट्वान्टी–२० स्म्यास क्रिकेट read more