Featured News

महिला भलिबलमा दाबेदारकै दबदबा
महिला भलिबलमा दाबेदारकै दबदबा

न्यु डायमन्ड राष्ट्रिय महिला भलिबल

दोस्रो न्यु डायमन्ड राष्ट्रिय महिला भलिबल प्रतियोगिता बुधबार सुरु भएको छ । लिग चरणका खेल सकिँदा उपाधि दाबेदार टोलीहरूकै प्रभावशाली प्रदर्शन देखिएको छ । विभागीय भिडन्तमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिससँग सोझो सेटमा पराजय बेहोर्‍यो ।



ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रले नयाँ बसपार्कस्थित भलिबल कोर्ट उपलब्ध नगराएपछि न्यु डायमन्डले नैकापको आफ्नै कोर्टमा आयोजना गरेको प्रतियोगितामा बुधबार लिग चरणका खेल सकिएको छ । सहभागी आठ टोलीलाई चार समूहमा विभाजन गरी खेलाइएको थियो । समूह ‘ए’ बाट साबिक विजेता आयोजक न्यु डायमन्ड, ‘बी’ बाट टप्स स्कुल पोखरा, ‘सी’ बाट नेपाल पुलिस र समूह ‘डी’ बाट साबिक उपविजेता एपीएफ क्लबले समूह चरणमा जित पाएका छन् ।



पहिलो खेलमा समूह ‘डी’ बाट एपीएफले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको टोलीलाई ३–० को सहज सेटमा हरायो । राष्ट्रिय टोलीकी मुख्य स्पाइकर सरस्वती चौधरीप्रेरित एपीएफले जावलाखेललाई २५–५, २५–१८, २५–८ को सेटमा पराजित गरेको हो ।दोस्रो खेलमा समूह ‘ए’ बाट साबिक विजेता न्यु डायमन्डले चितवन टाइग्रेसविरुद्ध पनि ३–० कै सेटमा सहज जित निकाल्यो । घरेलु कोर्टमा न्यु डायमन्ड २५–१३, २५–१८, २५–११ ले विजयी भयो ।



प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको समूह ‘सी’ अन्तर्गत विभागीय भिडन्तमा आर्मीविरुद्ध नेपाल पुलिस सहजै विजयी भयो । आर्मीका खेलाडीको आपसी तालमेल नमिल्दा पुलिसले त्यसको फाइदा उठायो । चोटका कारण युवा प्रतिभा कामना विष्ट उपस्थित नभए पनि पुलिसले २५–२१, २५–२१, २५–१८ को सेटमा खेल जितेको हो ।



समूह ‘बी’ मा पोखराको टप्स उच्चमाविले कुलेश्वरको प्यारामाउन्ट स्कुललाई २५–१४, २५–१२, २५–१० को जित निकालेको हो ।

नकआउट चरणअन्तर्गत बिहीबार क्वाटरफाइनल हुनेछ । न्यु डायमन्डले आर्मी तथा चितवनले नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछन् । टप्सले जावलाखेल तथा प्यारामाउन्टले एपीएफसँग सेमिफाइनल पुग्ना लागि प्रतिस्पर्धा गर्नेछन् ।



शनिबारसम्म चल्ने प्रतियोगिता विजेताले ३ लाख १ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ पुरस्कार पाउने छन् । तेस्रोले १ लाख १ र चौथो हुनेले ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । विधागततर्फ उत्कृष्ट ७ जनाले जनही ५ हजार पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीको भाग १५ हजार रुपैयाँ पर्नेछ ।



स्रोत : कान्तिपुर



Other News

‘कुनै आश्चर्य छैन’
  January 21st, 2019
‘कुनै आश्चर्य छैन’
वुमन्स ट्वान्टी–२० स्म्यास क्रिकेट read more
आर्मीको रोमाञ्चक जित
  January 21st, 2019
थ्री–स्टार उपाधिनजिक
  January 17th, 2019
झापा ११ विजयी
  January 16th, 2019
झापा ११ विजयी
विशाल गोल्डकप read more
समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
  January 16th, 2019
समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
वुमन्स ट्वान्टी–२० स्म्यास क्रिकेट read more