Featured News

यज्ञमानको ७ विकेट
यज्ञमानको ७ विकेट

मनमोहन स्मृति वान–डे क्रिकेट

यज्ञमान कुमालको धारिलो बलिङमा नेपाल एपीएफ क्लबले मनमोहन स्मृति वान–डे क्रिकेटमा विजयी सुरुआत गरेको छ । एपीएफले शुक्रबार प्रदेश १ लाई ९२ रनले पराजित गर्‍यो ।



टस जितेर ब्याटिङ गरेको एपीएफका ब्याट्सम्यानलाई निकै दबाबमा राखेको प्रदेश १ ले क्रिजमा कुशलता देखाउन नसक्दा लज्जास्पद हार बेहोर्‍यो । ५० ओभरको खेलमा एपीएफ ३६ ओभरमा १ सय ५४ रनमात्र जोड्न सकेको थियो ।



प्रदेश १ का ब्याट्सम्यान एकाएक आउट हुन थालेपछि दर्शकको अपेक्षाविपरीत नतिजा निस्कियो । एपीएफका बलरसामु ब्याट्सम्यान निरीह देखिए । प्रदेश टोली १७.५ ओभरमा ६२ रनमै अलआउट भयो । यज्ञमानले ७ विकेट लिए । कसिलो बलिङ गरेका म्यान अफ द म्याच घोषित यज्ञमानले ५.५ ओभरमा एक मेडन राख्दै १६ रनमात्र खर्चिए । कमलसिंह ऐरीले ५ ओभरमा ३ रन दिएर १ विकेट लिए । कप्तान भुवन कार्कीले २ विकेट हात पारे ।



प्रदेश १ का फिर्दाेस अन्सारीले ११ र दीपेश कँडेलले १९ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । टोलीले १६ रन अतिरिक्तबाट पायो । प्रदेश १ का सिद्धान्त लोहनी, मिनस थापा, पुष्प थापा र मनोज मण्डल शून्यमा आउट भए ।



पहिलो ब्याटिङ गरेको एपीएफले दरिलो सुरुआत गरे पनि चौथो ओभरमा प्रज्वल शाहीलाई १४ रनमा गुमाएसँगै धर्मराएको थियो । प्रदेश १ का बलर र फिल्डरको चुस्त प्रर्दशनपछि दबाबमा रहेका एपीएफका ब्याट्सम्यान खुलेर क्रिजमा टिक्न सकेनन् । टोली पूरा ओभर खेल्नुअगाडि नै अलआउट भएको हो । ओपनर अनिल शाह १२ रनमा आउट भए ।



आसिफ शेख र कमलसिंह ऐरीले समान ३३ रन जोडे । ३६ बल खेलेका यू–१९ टोलीका कप्तान आसिफले ३ चौका र १ छक्का प्रहार गरे । तल्लोक्रममा ब्याटिङ गरेका कमलले ४१ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे । पूरन बिकले २८ रन बनाए । शंकर राना १, सुमित महर्जन शून्य, भुवन २ र अमरसिंह राउटेला १ रनमा आउट भए । प्रदेश १ का दीपेश कँडेलले ४ र सिद्धान्तले ३ विकेट लिए । दीपेशले १० ओभरमा ३५ र सिद्धान्तले ९ ओभरमा १ मेडन राख्दै ४४ रन खर्चेका थिए । शनिबार प्रदेश ४ र एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।



स्रोत : कान्तिपुर



Other News

‘कुनै आश्चर्य छैन’
  January 21st, 2019
‘कुनै आश्चर्य छैन’
वुमन्स ट्वान्टी–२० स्म्यास क्रिकेट read more
आर्मीको रोमाञ्चक जित
  January 21st, 2019
थ्री–स्टार उपाधिनजिक
  January 17th, 2019
झापा ११ विजयी
  January 16th, 2019
झापा ११ विजयी
विशाल गोल्डकप read more
समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
  January 16th, 2019
समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
वुमन्स ट्वान्टी–२० स्म्यास क्रिकेट read more