Featured News

नेपालद्वारा चीन १० विकेटले पराजित
 नेपालद्वारा चीन १० विकेटले पराजित

वुमन्स टी–२० स्म्यास क्रिकेट

 थाइल्याण्डमा भइरहेको वुमन्स टी–२० स्म्यास क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ ।  थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेकक्नोलोजी मैदानमा शनिबार भएको खेलमा चीनविरुद्ध नेपालले टस जितर पहिले फिल्डिङ रोजेको थियो ।



थाइल्याण्ड क्रिकेट एशोसिएसनले आयोजना गरेको प्रतियोगिताको समूह ‘ए’ मा रहेको चीनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ४८ रन बनायो ।



नेपाली बलरहरुले कसिलो बलिङ गरेपछि चीन ४८ रनमै सीमित हुन पुग्यो । नेपालका लागि करुणा भण्डारीले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिइन्। यस्तै कसिलो बलिङ गरेकी नेरी थापाले ४ ओभरमा १ ओभर मेडन राख्दै ६ रन मात्र दिइन् । उनले २ विकेट लिइन्।



चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले ८.४ ओभरमा पुरा गर्‍यो। नेपालको जितमा अविजित रहेका सीता राना मगर र काजल श्रेष्ठले क्रमशः २४ र १४ रन बनाए । सीताले २५ बल खेल्दै ३ चौका प्रहार गरिन् यस्तै काजल श्रेष्ठले २९ बल खेलेकी काजलले १ चौका प्रहार गरिन्।



चीनका लागि ओपनर झाङ चानले सर्वाधिक १३ रन बनाइन्। अन्यले दोहोरो अंककमा रन बनाउन सकेनन्। चीनले आफ्नो इनिङ्सभरी जम्मा ३ वटा मात्र चौका प्रहार गर्‍यो ।



नेपालले प्रतियोगिताको दोस्रो खेल आइतबार मलेसियासँग खेल्ने छ । खेल नेपाली समय बिहान ८:१५ बजे सुरु हुनेछ।



स्रोत : कान्तिपुर



Other News

‘कुनै आश्चर्य छैन’
  January 21st, 2019
‘कुनै आश्चर्य छैन’
वुमन्स ट्वान्टी–२० स्म्यास क्रिकेट read more
आर्मीको रोमाञ्चक जित
  January 21st, 2019
थ्री–स्टार उपाधिनजिक
  January 17th, 2019
झापा ११ विजयी
  January 16th, 2019
झापा ११ विजयी
विशाल गोल्डकप read more
समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
  January 16th, 2019
समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
वुमन्स ट्वान्टी–२० स्म्यास क्रिकेट read more