कान्तिपुर

"/> पुलिसको जित | Nepal Sports | Leading Sports Portal in Nepal

Featured News

पुलिसको जित
पुलिसको जित

मनमोहन स्मृति कप

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा नेपाल पुलिस क्लबले प्रदेश २ लाई १ सय १२ रनले पराजित गरेको छ ।



शनिबार ३ सय १२ रनको लक्ष्य पछयाएको प्रदेश २ लाई पुलिसले १ सय ९९ रनमै समेटेको थियो । पुलिसका ललितसिंह राजवंशी र योगेन्द्र कार्कीले ३–३ विकेट लिए । प्रदेश २ का हरिशंकर साहले ५८ र सम्शाद शेखले २९ रन बनाए । अन्य ब्याट्सम्यान जम्न सकेनन् । कप्तान महबुब आलमले १३ रन जोडे ।



यसअघि टस जितेको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई ३ सय ११ रन बनायो । पुलिसका तीन ब्याट्सम्यानले अर्धशतक पूरा गरे । सुनील धमलाले ७३, दिलीप नाथले ५९ र कुशल भुर्तेलले नटआउट ५६ रन जोडे ।



अमित श्रेष्ठले ४२ र योगेन्द्रसिंह कार्कीले २६ रनको योगदान दिए । प्रदेश २ का रशिद खान र हरिशंकर साहले २–२ ले विकेट लिए । म्यान अफ द म्याच पुलिसका सुनील धमला घोषित भए । आइतबार आयोजक इनरुवा र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।



स्रोत : कान्तिपुर



Other News

‘कुनै आश्चर्य छैन’
  January 21st, 2019
‘कुनै आश्चर्य छैन’
वुमन्स ट्वान्टी–२० स्म्यास क्रिकेट read more
आर्मीको रोमाञ्चक जित
  January 21st, 2019
थ्री–स्टार उपाधिनजिक
  January 17th, 2019
झापा ११ विजयी
  January 16th, 2019
झापा ११ विजयी
विशाल गोल्डकप read more
समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
  January 16th, 2019
समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
वुमन्स ट्वान्टी–२० स्म्यास क्रिकेट read more