कान्तिपुर

"/> भारतलाई ऐतिहासिक सफलता | Nepal Sports | Leading Sports Portal in Nepal

Featured News

भारतलाई ऐतिहासिक सफलता
भारतलाई ऐतिहासिक सफलता

पहिलो टेस्ट शृंखला

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अस्ट्रेलियाको मैदानमा पहिलो टेस्ट शृंखला जित्नुलाई आफ्नो खेलजीवनकै सबैभन्दा गौरवपूर्ण क्षणका रूपमा व्याख्या गरेका छन् ।



अस्ट्रेलियामा पहिलोपल्ट टेस्ट शृंखला जितेको भारतीय टोलीले आफ्नो टेस्ट वरीयता (एक नम्बर) लाई अझै बलियो बनाएको छ । विश्वभरबाट उसलाई बधाई र प्रशंसा आइरहेको छ ।



सिड्नीमा चौथो तथा अन्तिम टेस्टको पाँचौ तथा अन्तिम दिनको खेल पनि वर्षाका कारण रद्द गरिएपछि भारतले शृंखला २–१ ले आफ्नो पक्षमा पारेको हो । सन् १९४७/४८ यता भारतले अस्ट्रेलियाली भूमिमा टेस्ट शृंखला जित्न सकेको छैन । ‘अस्ट्रेलियामा एक ऐतिहासिक क्रिकेटिङ उपलब्धि,’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टिट गरेका छन्, ‘कडा मिहिनेतपछिको शृंखलाबद्ध जितमा भारतीय टिमलाई बधाई । शृंखलामा केही उल्लेखनीय प्रदर्शन र टिमवर्क देखियो । आगामी खेलका लागि शुभकामना ।’



भारतका महान क्रिकेटर सचिन तेन्दुलकरले पनि यो उपलब्धि भारतीय क्रिकेट टोलीका लागि अद्भूत भनेका छन् । ‘भारतीय टिमले शृंखलामा सहज जित निकालेको छ र मलाई सबै खेलाडीप्रति गर्व छ,’ सचिनले टिटरमा उल्लेख गरेका छन् ।



सिड्नीमा १ सय ९३ रनको उत्कृष्ट इनिङ्ससँगै चार टेस्टमा ५ सय २१ रन बनाएर म्यान अफ द सिरिज घोषित चेतेश्वर पुजाराको सचिनले खुलेर तारिफ गरे । ‘टेस्टमा पुजाराले सानदार ब्याटिङ गरे । मेरा लागि यही नै दुई टिमबीचको अन्तर हो । यति लामो समयसम्म क्रिजमा टिकिरहन सक्नु उनको एकाग्रता र टेस्ट क्रिकेटप्रतिको विश्वास हो,’ सचिनले लेखेका छन् ।



भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले अस्ट्रेलियाली स्पिनर नथान लायनसँगै शृंखलामा सर्वाधिक २१ विकेट लिए । कप्तान कोहलीले यो सफलतालाई टिमको संयुक्त प्रयाससँग जोडेका छन् । ‘यो टिमको हिस्सा हुनुमा मलाई गर्व छ । यो टिममात्र होइन, परिवार हो,’ कोहलीले टिटरमा लेखेका छन् । भारतीय टोलीका पूर्व महान खेलाडीहरू भीभीएस लक्ष्मण र वीरेन्द्र सेवागले पनि टिमको जितप्रति गर्व गरेका छन् ।



उनीहरूले जितको श्रेय वर्तमान टिमका सबै सदस्यलाई दिएका छन् । जितपछि लक्ष्मणले भने, ‘सन्तुष्टि र आनन्दको यो भन्दा उत्कृष्ट नमूना अरु के होला ?’ सेवागले टिमको उपलब्धिमा गर्व लागेको बताएका छन् । पूर्व कप्तान सुनील गावस्करले भने स्टिम स्मिथ र डेविड वार्नर निलम्बनमा परेपछि कमजोर बनेको अस्ट्रेयाली टोलीमाथि भारतले जित निकालेको प्रतिक्रिया दिएका छन् ।



स्रोत : कान्तिपुर



Other News

‘कुनै आश्चर्य छैन’
  January 21st, 2019
‘कुनै आश्चर्य छैन’
वुमन्स ट्वान्टी–२० स्म्यास क्रिकेट read more
आर्मीको रोमाञ्चक जित
  January 21st, 2019
थ्री–स्टार उपाधिनजिक
  January 17th, 2019
झापा ११ विजयी
  January 16th, 2019
झापा ११ विजयी
विशाल गोल्डकप read more
समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
  January 16th, 2019
समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
वुमन्स ट्वान्टी–२० स्म्यास क्रिकेट read more