कान्तिपुर

"/> आयोजक पहिलो खेलमै पराजित | Nepal Sports | Leading Sports Portal in Nepal

Featured News

आयोजक पहिलो खेलमै पराजित
आयोजक पहिलो खेलमै पराजित

सुदूरपश्चिम खप्तड गोल्डकप

सर्वाधिक धनराशि पुरस्कारको तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको उद्घाटन खेलमा मेची नेत्रालय काँकडभिट्टा विजयी भएको छ । मेचीले सडन डेथका आधारमा आयोजक सुदूरपश्चिम–११ लाई पराजित गरेको हो ।



निर्धारित समयमा दुवै तर्फबाट गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । सुरुआती पेनाल्टी बराबरी भएपछि सडन डेथका आधारमा निर्णय भएको हो । मेचीले ७–६ को आधारमा खेल जित्यो ।



सडन डेथमा लावल ओलाकानको प्रहार आकासिएपछि काँकडभिट्टाको जित पक्का भएको थियो । काँकडभिट्टाका भूषण लिम्बु, अजित गुरुङ, विश्वास श्रेष्ठ, दीप कार्की, निशान लिम्बु, विकास राई र विशाल राईले गोल गरे । कप्तान खामिर गिल्सन कन्दङवा र लक्ष्मण जिसीको प्रहार गोल हुन सकेन । गोलकिपर दीप कार्कीले सुदूरका माधव भण्डारी र राकेश हमालको प्रहार बचाए भने अब्दुल रहमान, नरेन्द्र चौधरी, विजय ठकुरी, विनोद केसी, फिलिम तामाङ र चेतनकुमार थारुले गोल गरेका थिए ।



गोलकिपर दीप कार्की म्यान अफ द म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।धनगढी रंगशालामा खेलको अधिकांश समय आक्रामक रणनीतिमा उत्रेको घरेलु टोलीले दर्शकको भरपुर साथ पाए पनि निर्धारित समयमा गोल गर्न सकेन ।



बुधबार मोरङ ११ र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए । यसअघि धनगढीको चौराहदेखि मुख्य बजारमार्ग हुँदै आयोजनास्थलसम्म झाँकीसहित र्‍याली गरिएको थियो । धनगढीको रंगशालामा माघ ५ सम्म चल्ने प्रतियोगिता १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।



विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल जित्ने छन् ।



स्रोत : कान्तिपुर



Other News

‘कुनै आश्चर्य छैन’
  January 21st, 2019
‘कुनै आश्चर्य छैन’
वुमन्स ट्वान्टी–२० स्म्यास क्रिकेट read more
आर्मीको रोमाञ्चक जित
  January 21st, 2019
थ्री–स्टार उपाधिनजिक
  January 17th, 2019
झापा ११ विजयी
  January 16th, 2019
झापा ११ विजयी
विशाल गोल्डकप read more
समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
  January 16th, 2019
समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
वुमन्स ट्वान्टी–२० स्म्यास क्रिकेट read more