कान्तिपुर

"/> आर्मी सेमिफाइनलमा | Nepal Sports | Leading Sports Portal in Nepal

Featured News

आर्मी सेमिफाइनलमा
आर्मी सेमिफाइनलमा

मनमोहन स्मृति क्रिकेट

त्रिभुवन आर्मी क्लब मनमोहन स्मृति वान–डे राष्ट्रिय क्रिकेटको समूह ‘बी’ बाट सेमिफाइनल पुगेको छ । बुधबार आर्मीले प्रदेश ६ लाई २ सय ४९ रनले पराजित गर्‍यो ।



३ सय १५ रनको लक्ष्य पछयाएको प्रदेश ६ ले मात्र २५.५ ओभर खेल्दै ६५ रनमात्र बनाउन सक्यो । आर्मीका कुशल मल्लले ४ र शाहब आलमले ३ विकेट लिए । प्रदेश ६ बाट निश्चल महतले २७ र टेक सलामीले १६ रन जोडे भने ६ जना ब्याट्सम्यान शून्यमा आउट हुन पुगे ।



टस जितेर ब्याटिङ गरेको आर्मी ४७.२ ओभरमा अलआउट हुँदा ३ सय १४ रन जोडेको थियो । विष्फोटक ब्याटिङ गरेका कप्तान विनोद भण्डारीको शतक प्रहार गरे । उनले ६५ बल खेल्दै १३ चौका र ३ छक्का मदतमा १ सय ३ रन जोडे । ३ सय रनको आँकडा पार गराउने क्रममा भीम सार्कीले ९६ रनको इनिङ्स खेले । म्यान अफ द म्याच विनोद भण्डारी घोषित भए । बिहीबार प्रदेश ३ र प्रदेश ६ बीच प्रतिस्पर्धा हुनेछ ।



कप्तान विनोदले टिमको रणनीतिअनुसार खेलेकाले राम्रो नतिजा निकाल्न सकेको बताए । आर्मीले प्रदेश ३ सँग भन्दा प्रदेश ६ सँगको खेल तुलनात्मक रूपमा सुधारेको थियो । प्रदेश ६ का कप्तान रवीन्द्रजंग शाहीले टिमले सुरुमै सन्तुलित भएर खेल्न नसक्दा फराकिलो हार बहोर्नुपरेको बताए ।



स्रोत : कान्तिपुर



Other News

‘कुनै आश्चर्य छैन’
  January 21st, 2019
‘कुनै आश्चर्य छैन’
वुमन्स ट्वान्टी–२० स्म्यास क्रिकेट read more
आर्मीको रोमाञ्चक जित
  January 21st, 2019
थ्री–स्टार उपाधिनजिक
  January 17th, 2019
झापा ११ विजयी
  January 16th, 2019
झापा ११ विजयी
विशाल गोल्डकप read more
समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
  January 16th, 2019
समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
वुमन्स ट्वान्टी–२० स्म्यास क्रिकेट read more