वीर गणेशमान राष्ट्रिय बक्सिङ : पुनम र सरस्वती भिड्ने

http://andreaworoch.com/ktla-morning-news-tips-to-lower-moving-costs/ त्रिभुवन आर्मी क्लबकी मीनु गुरुङ र पुलिसकी निशा तामाङ वीर गणेशमान राष्ट्रिय बक्सिङ च्याम्पियनसिपको फाइनल पुगेका छन् । बिहीबार वसन्तपुर डबलीमा जारी प्रतियोगिताको महिला ५४ केजी तौल समूहमा मीनुले प्रदेश २ की तेजी गुरुङ र निशाले एपीएफ क्लबकी सन्जुमाया थिङलाई हराउँदै उपाधि भिडन्त पक्का गरेकी हुन् ।

अपराजिता घतानेविरुद्ध मुक्का हान्दै पुनम रावल (नीलो) ।

आर्मीकी चन्द्रकला थापा र एपीएफकी सुलभ थापामगर महिला ५७ केजी तौलको फाइनल पुगेका छन् । सेमिफाइनलमा दुवै खेलाडीले पहिलो राउन्डमै जित दर्ता गरे । चन्द्रकलाले प्रदेश ७ की निर्मला केसीलाई र सुलभले प्रतिस्पर्धात्मक भिडन्तमा प्रदेश ३ की कुसुम तामाङलाई पन्छाएका थिए ।

६४ केजीतर्फ आर्मीकी पुनम रावलले प्रदेश २ की अपराजिता घताने र एपीएफकी सरस्वती रानाले प्रदेश ६ की अस्मिता चन्दलाई हराउँदै फाइनल पक्का गरे । ६० केजीमा एपीएफकी संगीता सुनारले आर्मीकी सविना श्रेष्ठसँग स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछिन् । संगीताले प्रदेश ५ की संगीता दंगाललाई हराइन् । सविनाले प्रदेश १ की सोममाया लिम्बुलाई रोक्दै फाइनल तय गरिन् ।

महिला ४८ केजी तौलको सेमिफाइनलमा पुलिसकी दिवाना शेर्माले आर्मीकी ललिला महर्जनलाई पन्छाइन् । प्रदेश ५ की सुशीला थापाले प्रदेश ३ की सुष्मा तामाङबाट वाकओभर पाइन् ।पुरुषतर्फ ६४ केजी तौलमा आर्मीका सुरेश नेपाली, पुलिसका भूपेन्द्र थापा र एपीएफका सोनाम सार्की सेमिफाइनल पुगेका छन् । सुरेशले प्रदेश २ का किशोर शर्मा, भूपेन्द्रले प्रदेश ५ का विशाल रेग्मी र सोनामले प्रदेश १ का अभिनय राईलाई हराएका थिए । प्रदेश ६ का इन्द्र सुनारले प्रदेश ४ का पवन गुरुङलाई हराउँदै सेमिफाइनलमा स्थान बनाए ।

६९ केजी तौलतर्फ आर्मीका विष्णुप्रसाद घलेले प्रदेश ४ का सविन गुरुङलाई हराउँदै सेमिफाइनल पुगे । एपीएफका विकास लामा, प्रदेश १ का राजेश गुरुङ र प्रदेश ३ का मनीष डंगोल पनि अन्तिम चारमा पुगेका छन् । एपीएफका सुमन कार्कीले प्रदेश ५ का गणेश बिकलाई पराजित गर्दै ७५ केजी तौलको सेमिफाइनल पक्का गरे ।

सोही तौलमा आर्मीका दीपक श्रेष्ठले प्रदेश ४ का अनिल थापामगर र प्रदेश ३ का दिवेश भूमिलालले प्रदेश ७ का वीरेन्द्रबहादुर शाहीलाई हराए । ८१ केजी तौलमा आर्मीका रवि सुनारले वाकओभर पाए । प्रदेश ५ का केशर खत्रीले एपीएफका गोकुल गुरुङलाई हराउँदै अन्तिम ४ मा स्थान बनाए ।

स्रोत : कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *