कसकन्ट्रीमा दीपक र हर्क च्याम्पियन

१७ औं राष्ट्रिय एमटीबी क्रसकन्ट्री च्याम्पियनसिपमा राजीव राई, लक्ष्मी मगर, दीपक जिमी र हर्क लामा च्याम्पियन भएका छन् । नेपाल साइक्लिङ संघको आयोजनामा गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद तथा शान्ति पार्कमा शनिबार क्रसकन्ट्री राजीव पुरुषतर्फ र लक्ष्मी महिलामा च्याम्पियन भए ।

विराटनगरस्थित सहिद मैदानमा बंगलादेशसँगको खेलमा नेपाली टोलीलाई हौस्याउँदै समर्थक । 

कुल २० किमिको ५ ल्यापमा राजीवले १ घण्टा ३१ मिनेट ३२ सेकेन्डमा दूरी पार गरे ।

महिला च्याम्पियन लक्ष्मीले १ घण्टा ४५ मिनेट ४९ सेकेन्ड लगाए । कुल २६ खेलाडी सहभागी पुरुषतर्फ प्रताप थापा १ घण्टा ३१ मिनेट ३९ सेकेन्डसाथ दोस्रो हुँदा तेस्रो स्थानका ओकेश बज्राचार्यले १ घण्टा ३४ समय ०३ सेकेन्ड लगाए । महिलातर्फ सोनी गुरुङ र हुमी बुढामगर क्रमशः दोस्रो र तेस्रो भए ।

सोनीले १ घण्टा ५१ मिनेट ५७ सेकेन्ड र हुमी २ घण्टा ११ मिनेट २२ सेकेन्ड लगाए । जुनियर पुरुषमा दीपक जिमी र मास्टर्समा हर्क लामा च्याम्पियन भए । चार ल्यापको १६ किमि दूरी दीपकले १ घण्टा १९ मिनेट १९ सेकेन्ड र हर्कले १ घण्टा ७ मिनेट ३५ सेकेन्ड लगाए । जुनियरमा सन्तोष गुरुङ दोस्रो र अच्युतकृष्ण खरेल तेस्रो तथा मास्टर्समा किरण मल्ल दोस्रो र आइतसिंह तामाङ तेस्रो भए ।

स्रोत : कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *