सेमिफाइनलमा प्रदेश र क्लब टोली

गण्डकी प्रदेश, प्रदेश १, शान्तिदीप र नमुनादीप युवा क्लब मन्थली मेयर कप रामेछाप सिभिल भलिबल च्याम्पियनसिपको सेमिफाइनल पुगेका छन् ।

बिहीबार क्वाटरफाइनलमा गण्डकीले प्रदेश २, प्रदेश १ ले प्याराडाइज युथ क्लब, शान्तिदीप युवा क्लबले कर्णाली प्रदेश र नमुनादीपले प्रदेश ३ लाई पराजित गरेका थिए । नमुनादीपले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको प्रभाव रहेको प्रदेश ३ लाई २५–११, ३३–३१, १७–२५, २५–२१ को प्रतिस्पर्धात्मक सेटमा हरायो । प्रतियोगिताको तेस्रो दिनको खेल सकिँदा तीनभन्दा बढी सेटमा गएको यो नै पहिलो खेल हो ।

फाइनल पुग्नका लागि नमुनादीपले अर्को स्थानीय क्लब शान्तिदीपसँग खेल्नेछ । क्वाटरफाइनलमा शान्तिदीपले कर्णाली प्रदेशलाई २५–१५, २५–१२, २५–१३ को सेटमा हराएको हो ।
गण्डकी प्रदेशले प्रदेश २ लाई २५–१९, २५–१६, २५–१४ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रदेश १ सँगको भेट पक्का गर्‍यो । प्रदेश १ ले प्याराडाइज युथ क्लबलाई २५–२१, २५–२१, २५–२३ ले हरायो । दुवै सेमिफाइनल शुक्रबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *