आठौं राष्ट्रिय खेलकुद : पाँच खेल सुरु

कपिलवस्तु — आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत वाणगंगा नगरपालिका, बुङीमा बुधबारबाट राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु भएको छ । बुधबार विभिन्न तौल समूहमा पुरुष र महिलाका ५४ वटा प्रतिस्पर्धा भएका थिए । बुधबार प्रारम्भिक चरणको खेल भएको थियो ।

बिहीबार मध्याह्नबाट फाइनल चरणको खेल हुने कुस्ती संघका केन्द्रीय उपाध्यक्ष प्रकाश शर्माले बताए । प्रतियोगितामा ६६ पुरुष र ३६ महिला सहभागी छन् । त्यस्तै प्रतियोगितामा ६ वटा प्रदेश, आर्मी र प्रहरीको विभागीय टिम पनि सहभागी छन् । ४ नम्बर प्रदेश भने सहभागी भएको छैन ।
प्रतियोगितामा पुरुषतर्फ ५७, ६१, ६५, ७० र ७४ किलो तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै ७९, ८६, ९२, ९७ र १ सय २५ किलो तौल समूहमा पनि प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ५०, ५३, ५५, ५७ र ५९ किलो तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै ६२, ६५, ६८, ७२ र ७६ किलो तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

हक्की (पुरुष)

आठौं राष्ट्रिय खेलकुदको प्रतिस्पर्धा बुधबार सुरु भएको छ । नेपालगन्जमा भएको हक्कीमा प्रदेश २ ले प्रदेश ३ विरुद्ध ५–० को जित हात पार्‍यो ।
अर्को खेलमा प्रदेश ५ ले प्रदेश १ लाई ३–० ले हरायो । प्रभावशाली प्रदर्शन गरेको प्रदेश ५ का लागि सानु लामा, अमन कुमार र मनीष गुरुङले गोल गरे ।
प्रदेश २ का मनोज शाहले २४ औं मिनेटमा गोलको खाता खोलेका थिए । त्यस्तै, गोविन्द अधिकारी र कप्तान हरविन्द्र सिंहले २–२ गोल गरे ।
आर्मी र गण्डकी प्रदेशबीचको खेल भने बराबरीमा टुंगियो । आर्मीले ११ पेनाल्टी पाएर पनि त्यसलाई उपयोग गर्न सकेन ।पुरुषतर्फको प्रतियोगिताको दोस्रो दिन बिहीबार गण्डकी प्रदेशले पुलिस, आर्मीले प्रदेश नं. २ र कर्णालीले सुदूरपश्चिमविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फको प्रतियोगिता शनिबार नेपालगन्जमै सुरु हुनेछ ।

स्क्वास

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्समा गण्डकी प्रदेशका अमृत थापामगर बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ललितपुरको सातदोबाटोस्थित स्क्वास एकेडेमीमा अमृतले गण्डकीकै काशिराम भण्डारीलाई ११–४, ११–२ र ११–६ को सोझो सेटमा पराजित गरे ।
पुरुष सिंगल्समै प्रदेश ३ का राजेन्द्र शाक्यले प्रदेश ५ का गोपाल थापालाई ११–४, ११–१ र ११–५, एपीएफका उमिद शाक्यले प्रदेश १ का अश्विन टोडीलाई ११–६, १२–१०, १२–१४ र ११–७ तथा प्रदेश ३ का अमिर ब्लोनले एपीएफका विजय मगरलाई ११–९, १८–१६, ५–११ र ११–७ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
त्यस्तै प्रदेश २ का दीपक थापाले एपीएफका मित्रलाल गुराउलाई १०–१२, ११–७, ६–११, ११–६ र ११–५, एपीएफका विक्रम मगरले प्रदेश ३ का विनोदरत्न शाक्यलाई ११–५, ११–५ र ११–७ तथा प्रदेश ३ का प्रवीणवीरसिंह कंसाकारले प्रहरीका आकाश सुनुवारलाई ५–११, ११–७, ११–४, ८–११ र १६–१४ ले पाखा लगाउँदै क्वाटरफाइनलमा पुगे । प्रदेश १ का निशान्त अग्रवाल प्रहरीका सुदीपबहादुर सिंहबाट वाकओभर पाएर क्वाटरफाइनलमा प्रवेश गरे ।

लनटेनिस

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा आर्मी र एपीएफ बुधबार फाइनलमा प्रवेश गरेका छन् । बुटवलमा भइरहेको प्रतियोगितामा आर्मीले प्रदेश ३ लाई ३–० तथा एपीएफले प्रदेश ४ लाई २–१ को सेटमा पराजित गरे ।
पुरुष टिम इभेन्टको दुवै सेमिफाइनल खराब प्रकाशका कारण स्थगित भयो । एनआरएनए र आर्मी तथा एपीएफ र प्रदेश ४ बीचको सेमिफाइनल स्थगित भएको हो । एनआरएनए र आर्मीबीचको सेमिफाइनलमा दुवैले एक–एक सिंगल्समा जित हात पारेका छन् । डबल्समा भने आर्मीले पहिलो सेट ६–४ ले आफ्नो पक्षमा पारेको छ ।
अर्को सेमिफाइनलमा पनि एपीएफ र प्रदेश ४ ले एक–एक सिंगल्सको नतिजा आफ्नो पक्षमा परेका छन् । डबल्समा भने पहिलो सेट ५–५ को बरबरी अवस्थामा सकिएको छ ।


टेबलटेनिसआठौं खेलकुदअन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिसको महिला टिम इभेन्टमा प्रहरी र एपीएफबीच उपाधि भिडन्त हुने भएको छ ।दाङको घोराही कभर्डहलमा भएको सेमिफाइनलमा प्रहरीले आर्मीलाई ३–१ तथा एफीएफले प्रदेश ३ लाई ३–० को सेटमा पराजित गरे ।
पुरुष टिम इभेन्टमा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनल प्रहरी र एपीएफ तथा प्रदेश ३ र आर्मीबीचहुनेछ । प्रहरीले प्रदेश ४ लाई ३–०, एपीएफले प्रदेश १ लाई ३–१, प्रदेश ३ ले प्रदेश २ लाई ३–१ र आर्मीले प्रदेश ५ लाई ३–१ को सेटमा हराए ।
बिहीबारदेखि दाङमा पुरुष बास्केटबल तथा नेपालगन्जमा फेन्सिङ खेल सुरु हुनेछ ।

आठौं खेलकुदअन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिसको महिला टिम इभेन्टमा प्रहरी र एपीएफबीच उपाधि भिडन्त हुने भएको छ ।दाङको घोराही कभर्डहलमा भएको सेमिफाइनलमा प्रहरीले आर्मीलाई ३–१ तथा एफीएफले प्रदेश ३ लाई ३–० को सेटमा पराजित गरे ।
पुरुष टिम इभेन्टमा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनल प्रहरी र एपीएफ तथा प्रदेश ३ र आर्मीबीचहुनेछ । प्रहरीले प्रदेश ४ लाई ३–०, एपीएफले प्रदेश १ लाई ३–१, प्रदेश ३ ले प्रदेश २ लाई ३–१ र आर्मीले प्रदेश ५ लाई ३–१ को सेटमा हराए ।
बिहीबारदेखि दाङमा पुरुष बास्केटबल तथा नेपालगन्जमा फेन्सिङ खेल सुरु हुनेछ ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *