मेसी र स्वारेजको मद्दतले बार्सा हारबाट जोगियो

चैत्र २०, २०७५ लियोनेल मेसी र लुईस स्वारेजले अन्तिम तीन मिनेट भित्र २ गोल गरेपछि स्पेनिस ला लिगा फुटबलको पछिल्लो खेलमा बार्सिलोना हारबाट जोगिएको छ । २–४ ले पछि परेको स्थित उल्ट्याउँदै बार्साले भिल्लारियललाई ४–४ को बराबरीमा रोकेको हो ।

पहिलो हाफमा २–१ को अग्रता बनाएपनि दोस्रो हाफको ३५ औं मिनेट भित्र ला लिगा लिडर बार्सा ४–२ ले पछि परेको थियो । ९० औं मिनेटमा मेसी र अतिरिक्त समयको तेस्रो मिनेटमा स्वारेजले गोल गरेपछि बार्साको हार टरेको हो । १२ औं मिनेटमा फिलिप काउन्टिन्हो र १६ औं मिनेटमा माल्कनले गोल गरेपछि बार्सा पहिलो हाफमा २–० को अग्रता बनाउन सफल भएको थियो । त्यसपछि बार्साले लय गुमायो र २३, ५०, ६२ र ८० औं मिनेटमा गोल खान पुग्यो । बराबरी पछि पनि बार्सा ७० अंकमा शीर्ष स्थानमा छ ।

भिल्लारियल ३० अंकमा १७ औं स्थानमा छ । गएरातिकै अर्को खेलमा दोस्रो स्थानको एट्लेटिको मड्रिडले गिरोनाले २–० ले पराजित गर्‍यो । जितपछि ६२ अंक भएको उसले बार्सासँगको दुरी ८ अंकमा झारेको छ । अर्को खेलमा स्पेनियोल र गेटाफेले १–१ को बराबरी खेलेका छन् ।

स्रोत:रेडियो कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *