नेपाल नौलो प्रतिद्वन्द्वी ईण्डोनेसियासँग खेल्दै

चैत्र २६, २०७५

म्यानमारमा जारी महिला ओलम्पिक फुटबलको दोस्रो चरणको छनोट अर्न्तगत समुहचरणको अन्तिम खेलमा नेपालले आज ईण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । दुबै टोली इण्डोनेसिया र नेपाल यसअघिका दुवै खेलमा भारत र आयोजक म्यानमारसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकाले आज सान्त्वना जितको खोजीमा मैदान उत्रनेछन् ।

फिफा बरियतामा नेपालभन्दा १७ स्थान माथि रहेको ईण्डोनेसिया नेपालका लागि नौलो प्रतिद्वन्द्वी हो ।  म्यानमारको बाथु स्टेडियममा नेपाली समयानुसार दिउँसो पौने ३ बजे दुई टोलीबीच प्रतिस्पर्धा सुरु हुनेछ ।  नेपाल आयोजक म्यानमार र भारतलाई समान ३–१ ले नतिजा सुम्पिएको थियो भने ईण्डिोनेसिया भारतसँग २–० तथा म्यानमारसँग ६–० को फराकिलो अन्तरले पराजित भएको थियो ।   पौने ३ बजे नै आयोजक म्यानमार र भारतपनि आमने सामने हुनेछन् ।

सो खेलले समुह एबाट तेस्रो चरण पुग्ने टोलीको टुंगो लाग्नेछ । समान ६ अंक भएपनि म्यानमार गोल अन्तरमा शीर्ष स्थामा रहेकाले बराबरीले मात्र पनि आयोजकलाई अघिल्लो चरण प्रवेश गर्न पर्याप्त हुनेछ । भारतलाई भने स्पष्ट जितको आवश्यकता छ । 

स्रोत:रेडियो कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *